७. राहदानी बनाउँदा के-के कागजात आवश्यक पर्छ?
- नागरिकता तथा राष्ट्रिय परिचय पत्र सक्कल अनिवार्य
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
- विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र,
- सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र,
- नविकरणको हकमा पुरानो राहदानीको सक्कल प्रति
नाबालकको हकमा
- सक्कल जन्मदर्ता
- नाबालक परिचयपत्रको सक्कल, सो को प्रमाणित प्रति र आमा/बुबा/संरक्षकको नागरिकता सक्कल प्रति समेत
