Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धादिङ

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धादिङ

 जिल्ला परिचय 

         भौगोलिक स्थिति उत्तर हिमालय पर्वत देखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एक मात्र जिल्लाको रुपमा परिचित, धादिङ प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ । धादिङ जिल्ला अनेकौ नदिनाला तथा प्राकृतिक मनोरम दृश्यहरुले भरिपूर्ण जिल्ला हो । गंगाजमुना झरना, झर्लाङको तातोेपानी मूल, गुप्तेश्वर तथा चमेरे गुफा जस्ता गुफाहरु, विन्दुकेशर, सिद्धलेक तथा विभिन्न फाँटहरु नै यो जिल्लाको पहिचान बोकेका विशेषताहरु हुन् ।  धादिङ जिल्ला नेपालको ३ नं प्रदेशमा अविस्थित छ । यो जिल्लाको पूर्वमा रसुवा, नुवाकोट र काठमाण्डौ जिल्ला पर्दछन् भने पश्चिममा गोर्खा जिल्ला पर्दछ । त्यसैगरी उत्तरमा छिमेकी मुलुक चीन पर्दछ भने दक्षिणमा मकवानपुर र चितवन जिल्ला पर्दछन् । धादिङ जिल्लाको क्षेत्रफल १९२४.९ वर्ग कि.मी. रहेको छ भने यहाँ समशीतोष्ण मौसमी हावापानी पाईन्छ । यो जिल्ला २७० ४०’ उत्तर देखि २८० १४’ उत्तरी अक्षांश र ८४० ३५’ पूर्व देखि ८०० १७’ पूर्व देशान्तरसम्म फैलिएको छ भने धरातलीय उचाई समुद्री सतहबाट ५०० मिटर देखि ७५०० मिटरसम्म रहेको छ (गणेश हिमाल ७११० मिटर) । 
त्रिशुली, बुढी गण्डकी र आंखु खोला जिल्लाका मुख्य नदीहरु हुन् । जिल्लाको मुख्य पेशा कृषि हो भने ७० प्रतिशत भन्दा बढी स्थानीयवासीहरु हालसम्म पनि कृषि पेशामा आबद्ध रहेका छन् । पशुपंक्षीको बिक्री, बैदेशिक रोजागर, बालुवा उत्पादन एवं प्रशोधन र विभिन्न श्रममूलक प्रविधिमा आधारित व्यवसाय नै यहाँका अधिकांश परिवारको आम्दानीको स्रोत हो । काठमाण्डौसँग सीमा जोडिएको हुनाले जिल्लाका केही क्षेत्रहरुमा व्यावसायिक तरकारी खेतीलाई पनि जीविकोपार्जनको प्रमुख आधार बनाएको पाईन्छ । धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन् । २०३२ साल भन्दा पहिल्यै सुनौला बजारमा रहेको सदरमुकाम हाल धादिङबेसी (निलकण्ठ नगरपालिका) मा रहेको छ ।  

१. जिल्लाको भौगोलिक अवस्थिती :

अक्षांस:- २७° ४०' उत्तरी अक्षांस देखी २८° १७' उत्तरी अक्षांस सम्म

देशान्तर:- ८४° १७' पुर्वी देशान्तर देखी ८४° ३५ ' पुर्व सम्म

कुल क्षेत्रफल १९२४८७ (हेक्टर १,९२४.९ बर्ग कि. मि.)

सिमाना            

 पुर्व:- काठमाण्डौ नुवाकोट र रसुवा जिल्ला पश्चिम:- गोरखा जिल्ला

 उत्तर:- रसुवा जिल्ला र चिन  दक्षिण:- मकवानपुर र चितवन जिल्ला

सदरमुकाम:- धादिङबेसी (६४० मी उचाइमा)

सबैभन्दा उच्च भूमी:- पाविल हिमाल (७११० मी) सबैभन्दा होचो भूमी:- जोगिमारा (३०० मी)

ठुला नदी र खाोल्साहरु:- २५ वटा

साना नदी र खोल्साहरु:- १७४३ वटा

हावापानी/जलबायु:- उपोष्ण २८° - ३०° से समशीतोष्ण २०° से र शितोष्ण ३°-१०° से

वर्षा:- १९१२ देखी ३५३५ मि. मी.                                    कुल कृषी योग्य भूमी:- ७३३५५६० हे,            

बनक्षेत्रफल:- ६७४५० हे,                                                झाडी:- १५४०४ हे                            

चरन चौर:- १५९४१ हे

राजनैतिक विभाजन

निर्वाचन क्षेत्र संख्या:- २                       स्थानीय तह:- १३

गाउँपालिका:- ११                               नगरपालिका -२

धादिङ जिल्लाको जनसांखिय तथ्याङ्क २०६८ को जनगणना अनुसार

कुल जनसंख्या:-                     ३,३६,०६७                                  पुरुष:-                                  १,५७,८३४

महिला:-                                १,७८,२३३                                घरधुरी संख्या:-                        ७३,८४२

औसत जनघनत्व:-                     १४७ प्रति ब कि मी                     साक्षारता प्रतिसत:-                  ६८.८५%

निरक्षर संख्या:-                       १,१३,४२६                                 ५ वर्ष भन्दा माथिको निरक्षर:-   ६५%

महिला साक्षर:-                         ५५.६९%                                 पुरुष साक्षर:-                         ७१.७७%

स्नातकोत्तर गर्ने पुरुष:-              ६५५                                      स्नातकोत्तर गर्ने महिला:-         १०४

  यससंग साथै जोडीएका विवरणहरु

 
 

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय जिल्ला  प्रशासन कार्यालय धादिङ