Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhading

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhading

Low Bandwidth Invert Color A- A A+

District Introduction 2075-09-10

भौगोलिक स्थिति उत्तर हिमालय पर्वत देखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एक मात्र जिल्लाको रुपमा परिचित, धादिङ प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ । धादिङ जिल्ला अनेकौ नदिनाला तथा प्राकृतिक मनोरम दृश्यहरुले भरिपूर्ण जिल्ला हो । गंगाजमुना झरना, झर्लाङको तातोेपानी मूल, गुप्तेश्वर तथा चमेरे गुफा जस्ता गुफाहरु, विन्दुकेशर, सिद्धलेक तथा विभिन्न फाँटहरु नै यो जिल्लाको पहिचान बोकेका विशेषताहरु हुन् ।  धादिङ जिल्ला नेपालको ३ नं प्रदेशमा अविस्थित छ । यो जिल्लाको पूर्वमा रसुवा, नुवाकोट र काठमाण्डौ जिल्ला पर्दछन् भने पश्चिममा गोर्खा जिल्ला पर्दछ । त्यसैगरी उत्तरमा छिमेकी मुलुक चीन पर्दछ भने दक्षिणमा मकवानपुर र चितवन जिल्ला पर्दछन् । धादिङ जिल्लाको क्षेत्रफल १९२४.९ वर्ग कि.मी. रहेको छ भने यहाँ समशीतोष्ण मौसमी हावापानी पाईन्छ । यो जिल्ला २७० ४०’ उत्तर देखि २८० १४’ उत्तरी अक्षांश र ८४० ३५’ पूर्व देखि ८०० १७’ पूर्व देशान्तरसम्म फैलिएको छ भने धरातलीय उचाई समुद्री सतहबाट ५०० मिटर देखि ७५०० मिटरसम्म रहेको छ (गणेश हिमाल ७११० मिटर) । 
त्रिशुली, बुढी गण्डकी र आंखु खोला जिल्लाका मुख्य नदीहरु हुन् । जिल्लाको मुख्य पेशा कृषि हो भने ७० प्रतिशत भन्दा बढी स्थानीयवासीहरु हालसम्म पनि कृषि पेशामा आबद्ध रहेका छन् । पशुपंक्षीको बिक्री, बैदेशिक रोजागर, बालुवा उत्पादन एवं प्रशोधन र विभिन्न श्रममूलक प्रविधिमा आधारित व्यवसाय नै यहाँका अधिकांश परिवारको आम्दानीको स्रोत हो । काठमाण्डौसँग सीमा जोडिएको हुनाले जिल्लाका केही क्षेत्रहरुमा व्यावसायिक तरकारी खेतीलाई पनि जीविकोपार्जनको प्रमुख आधार बनाएको पाईन्छ । धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन् । २०३२ साल भन्दा पहिल्यै सुनौला बजारमा रहेको सदरमुकाम हाल धादिङबेसी (निलकण्ठ नगरपालिका) मा रहेको छ ।  

जिल्लाको भौगोलिक अवस्थिती :

अक्षांस:- २७° ४०' उत्तरी अक्षांस देखी २८° १७' उत्तरी अक्षांस सम्म

देशान्तर:- ८४° १७' पुर्वी देशान्तर देखी ८४° ३५ ' पुर्व सम्म

कुल क्षेत्रफल १९२४८७ हेक्टर  (१,९२४.९ बर्ग कि. मि.)

सिमाना            

पुर्व:- काठमाण्डौ नुवाकोट र रसुवा जिल्ला

पश्चिम:- गोरखा जिल्ला

 उत्तर:- रसुवा जिल्ला र चिन

दक्षिण:- मकवानपुर र चितवन जिल्ला

सदरमुकाम:- धादिङबेसी (६४० मी उचाइमा)

सबैभन्दा उच्च भूमी:- पाविल हिमाल (७११० मी)

सबैभन्दा होचो भूमी:- जोगिमारा (३०० मी)

ठुला नदी र खाोल्साहरु:- २५ वटा

साना नदी र खोल्साहरु:- १७४३ वटा

हावापानी/जलबायु:- उपोष्ण २८° - ३०° से समशीतोष्ण २०° से र शितोष्ण ३°-१०° से

वर्षा:- १९१२ देखी ३५३५ मि. मी.                                    कुल कृषी योग्य भूमी:- ७३३५५६० हे,            

बनक्षेत्रफल:- ६७४५० हे,                                                झाडी:- १५४०४ हे                            

चरन चौर:- १५९४१ हे

राजनैतिक विभाजन

संघीय निर्वाचन क्षेत्र संख्या:- २                       स्थानीय तह:- १३

गाउँपालिका:- ११                                        नगरपालिका -२

धादिङ जिल्लाको जनसांखिक तथ्याङ्क २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार

कुल जनसंख्या:- 322751                        कुल घरधुरी:- 78663

कुल परिवार संख्या:- 84463                   औसत परिवार आकार:- 3.82

जनघनत्व:- 168                                     जनसंख्या वृद्धिदर:-  -0.39प्रतिशत

स्थानिय तह अनुसार जनसंख्याको विवरण

सि.नं.

जिल्ला/स्थानीय तह

जनगणना घर  संख्या

परिवार  संख्या

प्रारम्भिक  जनसंख्या २०७८

जम्मा

पुरुष

महिला

1

बेनीघाट रोराङ्ग गाउँपालिका

6979

7791

34473

17542

16931

2

धुनीबेंशी नगरपालिका

6777

7235

29126

14411

14715

3

गजुरी गाउँपालिका

6306

6909

28756

14471

14285

4

गल्छी गाउँपालिका

5783

6212

24206

11875

12331

5

गङ्गाजमुना गाउँपालिका

5183

5305

19460

9494

9966

6

ज्वालामूखी गाउँपालिका

5972

6116

21202

9898

11304

7

खनियाबास गाउँपालिका

2618

2640

10680

5175

5505

8

नेत्रावती डबजोङ गाउँपालिका

3242

3295

11271

5390

5881

9

नीलकण्ठ नगरपालिका

14281

16579

58151

27136

31015

10

रुबी भ्याली गाउँपालिका

2989

3005

10472

5261

5211

11

सिद्धलेक गाउँपालिका

5795

5883

22212

10652

11560

12

थाक्रे गाउँपालिका

7142

7745

31554

15797

15757

13

त्रिपुरासुन्दरी गाउँपालिका

5596

5748

21188

10105

11083

 

जम्मा

78663

84463

322751

157207

165544

  

 

 

 

 


Last Updated : 2082-12-30 21:08:06

© All Rights Reserved to District Administration Office, Dhading .