नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


प्रहरी कार्यक्रम

यस धादिङ जिल्लामा आज मिति २०७४।०६।०६ गते देहायका कार्यक्रमहरु गरी "शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन" अभियान घोषणा कार्यक्रम सम्पन्न गरियो ।

गरिएका कारयक्रमहरु

  1. विहान ०७:०० वजे देखी "शान्ति सुरक्षा जनताको अपेक्षा, सुरक्षित समाज हाम्रो प्रतिवद्धता", "एउटै लक्ष्य एउटै सार, सुरक्षित समाज समाज हाम्रो सरोकार", "नागरिक सर्वोच्चता, गृह मन्त्रालयको प्रतिवद्धता", "सुरक्षित समाज हाम्रो सरोकार, समुदाय र प्रशासनविच सहकार्यको आधार", "शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन", "सुरक्षित समाजको सृजना गृह मन्त्रालयको चाहना" भन्ने नाराहरु लेखिएका प्लेकार्ड लिई जिल्ला सदरमुकाम धादिङवेशी वजार क्षेत्र परिक्रमा गरी प्रभातफेरी कार्यक्रम भयो ।
  2. प्रभातफेरी कार्यक्रम पछि सहभागीहरु जिल्ला समन्वय समितिको सभाहलमा भेला जम्मा भई सभामा परिणत भइयो । उक्त सभामा सशस्त्र प्रहरी नायव उपरिक्षक श्री कमल चन्द्र गैह्रेले कार्यक्रम संचालन गर्नु भएको थियो भने प्रहरी नायव उपरिक्षक श्री राम बहादुर के.सी.ले "शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन" अभियानको वारेमा प्रस्तुतीकरण गर्नु भयो ।
  3. उक्त कार्यक्रममा प्रहरी उपरिक्षक श्री ध्रुवराज राउत, निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी श्री श्याम प्रसाद भण्डारी र जिल्ला समन्वय समिति, धादिङका अध्यक्ष श्री जगन्नाथ नेपालले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका झलकहरु

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय