नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

भाद्र २२, २०७४ धादिङ ।

निजामति कर्मचारीको प्रतिवद्धता: पारदर्शिता र चुस्तता भन्ने नाराका साथ निजामती सेवा दिवस २०७४ भव्यताका साथ सम्पन्न भएको छ । निजामती सेवा दिवस २०७४ मूल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीको अध्यक्षतामा गठित मूल समारोह समितिको आयोजनामा कर्मचारी आधिकारिक ट्रेड युनियन समेतको समन्वयमा कार्यालयहरुको मिलन केन्द्र, सरसफाई,  निवन्ध प्रतियोगिता, कर्मचारी र जन प्रतिनिधीवीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता, रक्तदान कार्यक्रम र प्रभातफेरी कार्यक्रमहरु सम्पन्न गरी निजामती सेवा दिवस मनाईएको छ ।

कर्मचारी र जनप्रतिनिधीविच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा जनप्रतिनिधि टिम ४-५ गोलले विजयी भएको थियो । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी लगायत ३० जनाले रक्तदान गर्नु भएको थियाे ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय