नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


घुम्ती शिविर सम्पन्न

सार्वजनिक सेवालार्इ जनताको घरदैलोमा पुरयार्इ सुशासनको अनुभूति गराउने नेपाल सरकारको नीति अनुरुप  जिल्ला प्रशासन कार्यालय  धादिङको संयोजनमा यस जिल्लाको थाक्रे गाउँपालिकाको श्री महाकाली माध्यामिक विद्यालय तसर्पुमा मिति २०७४/४/२५ र २६ गते घुम्ती सेवा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा निम्न अनुसारका सेवाहरु प्रदान गरिएको छ । साथै घुम्ती सेवालार्इ निरन्तरता दिने क्रममा यही श्रावण ३१ र ३२ गते धुनीवेशी नगरपालिकाको छत्रेदेउरालीमा घुम्ती शिविर संचालन गर्ने कार्यक्रम रहेको व्यहोरा  सबैको जानकारीको लागि अनुरोध छ ।

   निम्न

१) नागरिकता वितरण ६२८ वटा

२) फोटो सहितको मतदाता परिचय पत्र वितरण ६५४ वटा

३) जेष्ठ नागरिक परिचयपत्र २५२ वटा

४) अपाङ्गता परिचयपत्र वितरण १४ वटा

५)  स्वास्थ्य परिक्षण सहित औषधि वितरण ३१० जना

६)  पशुपंक्षी सेवा १०३ जना

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय