नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


एकिकृत घुम्ती सेवा शिविर सम्पन्न

जिल्ला प्रशासन कार्यालय धादिङको संयोजनमा जिल्लाका उत्तरी भेगका दार्खा, री, मार्पाक, गुम्दी लगाएतका गा.वि.स.हरुलार्इ एकै थलोमा सरकारी सेवा पु-याउने गरी दार्खाको किन्ताङफेदीमा र बसेरी, बुढाथुम, फूलखर्क, आगिन्चोक, सल्यानटार समेतलार्इ पाएक पर्ने सल्यानटार गा.वि.स.मा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । मिति २०७३ फागुन १८र १९ गते किन्ताङफेदीमा सन्चालीत शिविरमा ३०७ नागरिकता ३५५ जेष्ठ नागरिक परिचयपत्र र ७६ अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । यसैगरी ६१३ जनाले नि:शुल्क अौषधि सहित स्वास्थ्य परिक्षण गराएका थिए ।  भने १९६ जनाले आयुर्वेदीक सेवा प्राप्त गरेका थिए । शिविरमा कृर्षि,पशु,घरेलु,शहरी विकास सम्बन्धि सेवा प्राप्त गरेका थिए यसै गरी जिल्ला प्रहरी कार्यालयबाट चेलीवेटी बेचविखन,महिला हिंसा र लागू औषध बिरुध्द भिडियो प्रदर्शनी गरिएको थियो । जिल्लामा भएका विकास निर्माणका गतिविधिहरुको सेवालार्इ प्रभावकारी बनाउने उदेश्यका साथ जिल्ला विकास समिति धादिङले शिविरको दाेस्रो दिन सार्वजनिक सुनुवार्इ समेत सम्पन्न गरेको थियो ।

मिति २०७३ फागुन २१र २२ गते सल्सयानटार सन्चालीत शिविरमा ५४४ नागरिकता ५०१ जेष्ठ नागरिक परिचयपत्र र ३४ अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । यसैगरी १३५ जनाले नि:शुल्क अौषधि सहित स्वास्थ्य परिक्षण गराएका थिए भने ३५८ जनाले आयुर्वेदीक सेवा प्राप्त गरेका थिए । शिविरमा कृर्षि,पशु,घरेलु,शहरी विकास सम्बन्धि सेवा प्राप्त गरेका थिए यसै गरी जिल्ला प्रहरी कार्यालयबाट चेलीवेटी बेचविखन,महिला हिंसा र लागू औषध बिरुध्द भिडियो प्रदर्शनी गरिएको थियो । 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय