नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


एकीकृत घुम्ती शिविर सम्पन्न

एकिकृत घुम्ति शिविर सम्पन्न

सरकारी सेवालाई जनताको घरदैलो सम्म पुर्याउन र सरकारी सेवाबारे सर्वसाधारण सेवाग्राहीहरुलाई जानकारी गराउने उदेश्यले धादिङ जिल्लाको  जोगिमारा गाविसको मझिमटारमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । धुषा, जोगिमारा र बेनिघाट गाविसहरुका बासिन्दाहरुलाई सेवा पुर्याउने गरी भाद्र २९ देखि ३१ गते सम्म संचालन भएको उक्त शिविरको उदघाटन प्रमुख जिल्ला अधिकारी श्री विश्वप्रकाश सुवेदीले चेपाङ समुदायका दुई जना महिलाहरुलाई नागरिकता प्रमाण पत्र प्रदान, कृषकहरुलाई तरकारीको विउ विजन र विभिन्न प्रजातिका बोटविरुवा वितरण गरी गर्नुभएको थियो ।

शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ७९५ नागरिकता प्रमाणपत्रको वितरण, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन, जिल्ला स्वास्थ्य कार्यालय र  नेपाली सेनाको देवीदत्त गणबाट ४०७ जनाको स्वाथ्य परिक्षण गरी नि शुल्क ओषधी वितरण, नेपाल प्रहरीबाट मानव बेचबिखन तथा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण सम्वन्धी वृत्त चित्र प्रदर्शन,  महिला तथा वालबालिका कार्यालयबाट १० जनालाई अपाङ्ग परिचय पत्र वितरण र १७० जनालाई परामर्श सेवा, कृषि विकास कार्यालयबाट ५०५ जना कृषकलाई विभिन्न किसिमका तरकारी विउ वितरण, पशु सेवा कार्यालयबाट ३६१ जना कृषकलाई घासको विउ वितरण र २९० जना कृषकलाई ओषधि वितरण,  वन कार्यालय र भू संरक्षण कार्यालयबाट चिउरी, बकाइनु, बडहर, खयर लगायतका १४१० बोट विरुवा वितरण, घरेलु कार्यालयबाट १० वटा व्यवसाय दर्ता र १९ जनालाई उद्योग स्थापना सम्वन्धि परामर्श,  सहरी विकास तथा भवन निर्माण कार्यालयबाट भूकम्प प्रतिरोधि घर निर्माण सम्वन्धि परामर्श सेवा उपलब्ध गराईएको थियो । उक्त शिविरमा ५५७ जना महिला र २३८ जना पुरुषले नागरिकता प्राप्त गरेका त्यसै गरी स्वास्थ्य परिक्षण गराउनेमा पनि महिलाहरुको संख्या बढी रहेको थियो । चेपाङ समुदायको सघन वस्तीरहेकोले एकिकृत घुम्ती शिविरमा उल्लेख्य संख्यामा नागरिकता वितरण भएको थियो । शिविरमा सुरक्षित आप्रवाशन, स्वास्थ्य तथा सरसफाई सम्बन्धमा गैर सरकारी संस्थाहरुबाट समेत परामर्श सेवा उपलब्ध गराइएको थियो ।

निकट भविष्यमै जिल्लाको विपन्न तथा दुर्गम वस्तीहरुलाई लक्षित गरी थप एकीकृत घुम्ती शिविरहरु संचालन गरिने कार्यक्रम छ ।

Additional Documents

Title Size Download
9226_d41d8cd98f00b204e9800998ecf8427e_1474097565__.docx 14 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय