नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धादिङ्ग


  

  • प्रहरी कार्यक्रम २०७४-६-६

    यस धादिङ जिल्लामा आज मिति २०७४।०६।०६ गते देहायका कार्यक्रमहरु गरी "शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन" अभियान घोषणा कार्यक्रम सम्पन्न गरियो । गरिएका कारयक्रमहरु विहान ०७:०० वजे देखी "शान्ति सुरक्षा जनताको अपेक्षा, सुरक्षित समाज हाम्रो प्रतिवद्धता", "एउटै लक्ष्य एउटै सार, सुरक्षित समाज समाज हाम्रो सरोकार", "नागरिक सर्वोच्चता, गृह मन्त्रालयको प्रतिवद्धता", "सुरक्षित समाज हाम्रो सरोकार, समुदाय र प्रशासनविच सहकार्यको आधार", "शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन", "सुरक्षित समाजको सृजना गृह मन्त्रालयको चाहना" भन्ने नाराहरु लेखिएका प्लेकार्ड लिई जिल्ला सदरमुकाम धादिङवेशी वजार क्षेत्र परिक्रमा गरी प्रभातफेरी कार्यक्रम भयो । प्रभातफेरी कार्यक्रम पछि सहभागीहरु जिल्ला समन्वय समितिको सभाहलमा भेला…

  • निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न २०७४-५-२९

    भाद्र २२, २०७४ धादिङ । निजामति कर्मचारीको प्रतिवद्धता: पारदर्शिता र चुस्तता भन्ने नाराका साथ निजामती सेवा दिवस २०७४ भव्यताका साथ सम्पन्न भएको छ । निजामती सेवा दिवस २०७४ मूल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीको अध्यक्षतामा गठित मूल समारोह समितिको आयोजनामा कर्मचारी आधिकारिक ट्रेड युनियन समेतको समन्वयमा कार्यालयहरुको मिलन केन्द्र, सरसफाई,  निवन्ध प्रतियोगिता, कर्मचारी र जन प्रतिनिधीवीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता, रक्तदान कार्यक्रम र प्रभातफेरी कार्यक्रमहरु सम्पन्न गरी निजामती सेवा दिवस मनाईएको छ । कर्मचारी र जनप्रतिनिधीविच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा जनप्रतिनिधि टिम ४-५ गोलले विजयी भएको थियो । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी लगायत…

  • घुम्ती शिविर सम्पन्न २०७४-५-२

    सार्वजनिक सेवालार्इ जनताको घरदैलोमा पुरयार्इ सुशासनको अनुभूति गराउने नेपाल सरकारको नीति अनुरुप  जिल्ला प्रशासन कार्यालय  धादिङको संयोजनमा यस जिल्लाको धुनीवेशी नगरपालिकाको छत्रेदेउराली,भंज्याङपोखरीमा मिति २०७४/४/३१ र ३२ गते घुम्ती सेवा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा निम्न अनुसारका सेवाहरु प्रदान गरिएको छ ।    निम्न १) नागरिकता वितरण ८५२ वटा २) फोटो सहितको मतदाता परिचय पत्र वितरण ८४३ वटा ३) जेष्ठ नागरिक परिचयपत्र १७८ वटा ४) अपाङ्गता परिचयपत्र वितरण ३४ वटा ५)  स्वास्थ्य परिक्षण सहित औषधि वितरण २०० जना

  • घुम्ती शिविर सम्पन्न २०७४-४-२८

    सार्वजनिक सेवालार्इ जनताको घरदैलोमा पुरयार्इ सुशासनको अनुभूति गराउने नेपाल सरकारको नीति अनुरुप  जिल्ला प्रशासन कार्यालय  धादिङको संयोजनमा यस जिल्लाको थाक्रे गाउँपालिकाको श्री महाकाली माध्यामिक विद्यालय तसर्पुमा मिति २०७४/४/२५ र २६ गते घुम्ती सेवा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा निम्न अनुसारका सेवाहरु प्रदान गरिएको छ । साथै घुम्ती सेवालार्इ निरन्तरता दिने क्रममा यही श्रावण ३१ र ३२ गते धुनीवेशी नगरपालिकाको छत्रेदेउरालीमा घुम्ती शिविर संचालन गर्ने कार्यक्रम रहेको व्यहोरा  सबैको जानकारीको लागि अनुरोध छ ।    निम्न १) नागरिकता वितरण ६२८ वटा २) फोटो सहितको मतदाता परिचय पत्र वितरण ६५४ वटा ३) जेष्ठ नागरिक परिचयपत्र २५२ वटा ४) अपाङ्गता परिचयपत्र…

  • जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक २०७४/१/४ २०७४-१-११

    जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकका झलकहरु

  • विपद् प्रतिकार्य योजना २०७३ --

    जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना , २०७३ (२०६८ को अध्यावधिक) मिति २०७३/१२/२८ गते सरोकारवालाहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालज्यू बाट बिमोचन गरियो । यसको पुर्ण पाठ तल DPRP 2073 मा प्रस्तुत गरिएको छ ।

  • हतियार बुझाउने सूचना २०७३-१२-१०

    हतियार बुझाउने सूचना

  • उपभाेक्ता अधिकार दिवस २०७३-१२-२

     उपभाेक्ता हित संरक्षणमा लगाअौं ध्यान , सुरक्षित राखौ सम्पति,जिउज्यान भन्ने नाराका साथ विश्व उपभोक्जता अधिकार दिवस 2017  आज मिति २०७३ चैत्र २ गते धादिङ जिल्लाकाे सदरमुकाम पुच्छाुबजार देखि -याली र अडियाे बजाइएकाे र जिल्ला समन्वय समितिको सभाहलमा माननीय सांसद दिलमान पाख्रिनको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा सी.पि.कलेजका विध्यार्थी सरोकारवालाहरु पत्रकार नागरिक समाज कार्यालय प्रमुखहरुको उपस्थितीमा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

  • जिल्ला दैवी प्रकोप उध्दार समितिको बैठक २०७३-११-११

    जिल्ला दैवी प्रकोप उध्दार समितिको बैठक मिति २०७३/१०/२६

  • एकिकृत घुम्ती सेवा शिविर सम्पन्न २०७३-११-२६

    जिल्ला प्रशासन कार्यालय धादिङको संयोजनमा जिल्लाका उत्तरी भेगका दार्खा, री, मार्पाक, गुम्दी लगाएतका गा.वि.स.हरुलार्इ एकै थलोमा सरकारी सेवा पु-याउने गरी दार्खाको किन्ताङफेदीमा र बसेरी, बुढाथुम, फूलखर्क, आगिन्चोक, सल्यानटार समेतलार्इ पाएक पर्ने सल्यानटार गा.वि.स.मा एकिकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । मिति २०७३ फागुन १८र १९ गते किन्ताङफेदीमा सन्चालीत शिविरमा ३०७ नागरिकता ३५५ जेष्ठ नागरिक परिचयपत्र र ७६ अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । यसैगरी ६१३ जनाले नि:शुल्क अौषधि सहित स्वास्थ्य परिक्षण गराएका थिए ।  भने १९६ जनाले आयुर्वेदीक सेवा प्राप्त गरेका थिए । शिविरमा कृर्षि,पशु,घरेलु,शहरी विकास सम्बन्धि सेवा प्राप्त गरेका थिए यसै गरी जिल्ला प्रहरी कार्यालयबाट चेलीवेटी बेचविखन,महिला हिंसा…

  • एकीकृत घुम्ती शिविर सम्पन्न २०७३-६-१

    एकिकृत घुम्ति शिविर सम्पन्न सरकारी सेवालाई जनताको घरदैलो सम्म पुर्याउन र सरकारी सेवाबारे सर्वसाधारण सेवाग्राहीहरुलाई जानकारी गराउने उदेश्यले धादिङ जिल्लाको  जोगिमारा गाविसको मझिमटारमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । धुषा, जोगिमारा र बेनिघाट गाविसहरुका बासिन्दाहरुलाई सेवा पुर्याउने गरी भाद्र २९ देखि ३१ गते सम्म संचालन भएको उक्त शिविरको उदघाटन प्रमुख जिल्ला अधिकारी श्री विश्वप्रकाश सुवेदीले चेपाङ समुदायका दुई जना महिलाहरुलाई नागरिकता प्रमाण पत्र प्रदान, कृषकहरुलाई तरकारीको विउ विजन र विभिन्न प्रजातिका बोटविरुवा वितरण गरी गर्नुभएको थियो । शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ७९५ नागरिकता प्रमाणपत्रको वितरण, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन, जिल्ला स्वास्थ्य कार्यालय र  नेपाली सेनाको…

  • प्रगती विवरण २०७१-४-७

    यस कार्यालयमा दर्ता हुन आएका सरकारी फौजदारी मुद्दाहरुको (मिति २०७०/०४/०१ देखी २०७१/०३/३२ गते सम्म) गत आ व ०७०/७१ को प्रगति प्रतिवेदन निम्नानुसार भएको । निम्न     सि नं            मुद्दाको विवरण     गत आव ०६९/७०  को        जिमेवेवारी सारेको    चालु आव ०७०/७१     मा दर्ता हुन आएका      जम्मा फछर्यौट            बाँकी     गतको    यसको    जम्मा    गतको    यसको    जम्मा      १     हातहितयार खरखजाना                 ७                  २        ९       २       १      ३      ५        १      ६      २      केही सार्वजनिक अपराध             १०७                ६७…

  • नागरिक बडापत्र २०७३-४-४

    मिति २०७३/०१/२१ गते देखी मिति २०७३/०१/२२ गते सम्म संचालन भएको घुम्तीसेवा सिविरमा २४३ जानलाइ नेपाली नगरिकता प्रमाणपत्र वितरण गरिनुका साथै अन्य कार्यालयहरुबाट समेत सो सिविरमा सेवा उपलब्ध गराइएको थियो ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय